डीएलएस पद्धतिमा ओमानसँग नेपाल १०२ रनले पराजित

काठमाडाैं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग डकवर्थ–लुइस–स्टर्न (डीएलएस) पद्धतिका आधारमा १०२ रनले पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपालले वर्षाका कारण प्रभावित खेलमा ३६.५ ओभरमा ७ विकेट गुमाउँदै १५५ रन मात्र बनाउन सक्यो। खेल अवरुद्ध भएपछि डीएलएस पद्धति अनुसार नतिजा निकाल्दा नेपाल फराकिलो अन्तरले हार बेहोर्न पुगेको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको