आजको राशिफल 12 September, 2026 09:24 AM | २७ भाद्र २०८३, शनिबार

८३साल भाद्र २६गते शुक्रबार तदनुसार 11September 2026 औशि तिथि ७ घडि १९पला उप्रान्त प्रतिपदा तिथि प्रारम्भ हुनेछ पुर्व फाल्गुणी नक्षत्र २१घडी १० पला उप्रान्त उत्तर फाल्गुणी नक्षत्र प्रारम्भ हुनेछ साध्य योग किम्स्तुघ्न करण आज बिहान सूर्योदय ५:४७मा भयो भने सूर्यास्त साँझ ६:१२मा हुनेछ।
मेष राशि

मेष राशि

मातृ स्वास्थ्यमा उतारचढाव आउनेछ। गरिरहेको काममा बाधा आउनुका साथै कुरा काट्नेहरू सक्रिय रहनेछन् पठनपाठनमा कमी आउनुका साथै जागिरमा अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ।

वृष राशि

वृष राशि

धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। हराएको धनमाल भेटाउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। लेखन शैलीमा तीव्रता आउनेछ। दाजुभाईको सर सहयोग पाइने देखिन्छ।

मिथुन राशि

मिथुन राशि

अध्ययन अध्यापनमा सफलता पाइने योग छ स्वास्थ्यमा सुधार आउनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। आकस्मिक रुपमा धनलाभ मिल्नाले मनमा खुसी छाउनेछ।

कर्कट राशि

कर्कट राशि

लेखन शैलीमा कमी आउनेछ । सञ्चित धनको नाश हुनेछ। दाजुभाइमा अनावश्यक रुपमा वादविवादको सिर्जना हुनुका साथै राज्यपक्षबाट समेत कष्टता पाइने योग छ।

सिंह राशि

सिंह राशि

काममा ढिलासुस्ती भएर गए तापनि सफलता भने प्राप्त हुने देखिन्छ जग्गा जमिन सम्बन्धी कामबाट मनज्ञ लाभ लिन सकिनेछ। प्रेमीप्रेमिका बीच माधुर्यता छाउनेछ।

कन्या राशि

कन्या राशि

पैत्रिक सम्पत्तिको विषयलाई लिएर दाजुभाइमा वादविवादको सिर्जना हुनेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। पठनपाठनमा बाधा आउनुका साथै धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ ।

तुला राशि

तुला राशि

पराक्रममा वृद्धि भएर जानेछ लेखनशैलीमा तीव्रता आउनेछ। नयाँ साथीको आगमनले काममा थप हौसला मिल्दोका साथै लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ।

वृश्चिक राशि

वृश्चिक राशि

अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ। थोरै कुरामा पारिवारिक कलह बढेर जानेछ कुरा काट्नेहरू सक्रिय रहनेछन् मानसम्मानमा आघात पुग्ने देखिन्छ।

धनु राशि

धनु राशि

स्वास्थ्य सम्बन्धी समस्याले सताउने देखिन्छ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ । पठनपाठनमा बाधा आउने देखिन्छ। व्यापार व्यवसायमा ह्रास आउनाले मनमा चिन्ता बढेर जानेछ।

मकर राशि

मकर राशि

व्यापार व्यवसायमा सफलता प्राप्त गर्न सकिनेछ। पारिवारिक सरसहयोगले लामो समयदेखि चल्दै आएको काममा सफलता प्राप्त हुनाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।

कुम्भ राशि

कुम्भ राशि

वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ लेखन शैलीमा तीव्रता आउनेछ नयाँ साथीको आगमनले व्यवसायमा थप लगानी बढाइने योग छ।

मीन राशि

मीन राशि

न्यायिक कार्यमा बाधा आउनेछ । शैक्षिक क्षेत्रमा ह्रास आउनाले सबैबाट अपहेलित हुनुपर्ने देखिन्छ। पठनपाठनमा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।