तुलसी देवी खनाल
नवलपुर । कावसोती नगरपालिका वडा नं २ ले खाद्य संरक्षण तथा पोषण कार्यक्रम वडामा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल अगाडि बढाएको छ।
ग्रामीण बस्तीमा पछिल्लो पछिल्लो समयमा सुत्केरी महिलाले बच्चालाई स्तनपान नगराउने बजारमा पाइने नक्कली निम्पालहरू चुसाउने गरेकोले बच्चामा पोषणको कमी हुँदै गएको देखिन्छ यसलाई हामी सबै मिलेर चेतनामूलक कार्यक्रम मार्फत बच्चालाई स्तनपान गराउन अभिप्रेरित गर्नुपर्ने वडा दक्ष वडाध्यक्ष शिवप्रसाद पाण्डेले बताउनुभयो।
पोषण र खाद्य सुरक्षण हामीले वडामा प्रभावकारी गराउन समिति सदैव तत्पर रहने समेत उहाँले बताउनुभयो उक्त बैठकमा कावसोती नगरपालिका वडा नम्बर २ का बुद्धिजीवी शिक्षक स्वास्थ्य स्वयंसेविका लगायतका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।


