हिजो प्रजातन्त्र / लोक तन्त्र र गणतन्त्र कता थियोे  ???

राजन कुमार भट्टराई

काठमाडाैं । जीवन जिउने क्रममा ,खेल खेल्ने क्रममा र चुनावमा लड्ने क्रममा हारजित भएन भने यी क्रम अधुरै रहन्छन्  ।त्यस कारण त विश्व कपका बेला दुईवटै पक्ष उत्कृष्ट  भएर समान अँक पाएपनि अन्तिममा पेनाल्टी खेलाएर भएपनि एक पक्ष हार्नु पर्छ र अर्को पक्ष जित्नु पर्दछ  ।

जब हार हुन्छ अनिमात्र आफ्नो पक्षको कमजोरी र आफुले अगाडि गरेका गल्तीलाई मनन गर्ने र सच्चिने अबसर प्राप्त हुन्छ । यहाँ धेरैमा  जितमा घमण्ड र उन्मात बढेको थियो अनि हारमा हिनता बोध । पद,पैसा,पावर ,र पद लोलुपताको उन्मातले  लगाम बिनाको घोडचढी भए पछि लडिन्छ नै ।

समय परिवर्तनशिल छ  हिजो आफनै बाउलाई मार्ने लाई भोट नहाल्दा कार्बाहि भोग्नुपरेको थियो ।एउटा पार्टीको सदस्य भएर अर्को पार्टीको झण्डा नबोक्ने कार्यकर्ताले कार्बाहि भोग्नु परेको थियो । एउटा पार्टीको अध्यक्ष जस्तो पद लिएर अर्को पार्टीको चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका लाई अर्को पार्टीका कार्यकर्तालाई मतदान गर्न बाध्य बनाईएको थियोे अनि म सदस्य रहेको पाटिमा मतदान गर्न पाउनुपर्छ भन्दा सो क्षेत्रमा ञाफु सदस्य रहेको पार्टीले चुनाव क्षेत्र अर्कैलाई दान दिएर चुनाव चिन्ह नै नपाएको अबस्था मात्र होइन पार्टी निर्णय बिपरित गएको आरोपमा कार्वाही भोग्नुपरेको सर्व विधितै छ । जनचाहना राष्ट्र हित जनहित बिपरितको बाटो हिड्नु नै  पार्टीको शाँख गिर्नुको प्रमुख कारण हुन्  हिजोका दिनमा कलोलाई सेतो हो  भन्दा हैन यो त कालो हो  भनेर भन्न नसक्नु र कालो लाई कालो हो  भन्ने माथि कार्वाही को डण्डा चलाउनु आजको परिस्थिति श्रृजनाको प्रमुख कारण मान्न सकिन्छ । समग्रमा भन्नुपर्दा ब्यक्तिगत स्वर्थ परिवार वाद, दम्भ ,अहम् ता  र्भ्रष्टाचार,घमण्ड ,पद लोलुपताका कारण देश र जनताले वैकल्पिक मार्ग अपनाउनु जनआक्रोशको उदाहरण मान्न सकिन्छ ।

यति हुँदै गर्दा अब एकअर्कालाई दोष आरोप र प्रत्यारोप अनि बैमनष्यता   हैन गल्ती कमजोरी सच्याएर फोहोर मैला पखालेर सिजनेवल फुल सुकेपछिको गमलामा नयाँ फुलफुलाए जस्तै फुलाउनु नै आाजको प्रमुख आबस्कता हो । त्यस कारण राष्ट्र ,रााष्टियता र जनताको हितहुने काम जस्ले गर्दछ उसकै पक्षमा उभिनु पर्ने अहिलको प्रमुख आवश्यकता पनि हो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको