लिग–२ मा नेपाल–यूएई भिडन्त: नेपालले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएईबीच त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा भइरहेको छ। नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

रोहित पौडेलको कप्तानीमा नेपाल र मोहम्मद वासिमको नेतृत्वमा यूएई मैदानमा उत्रिएका छन्। शीर्ष ६ मा स्थान सुरक्षित गर्दै अन्तर्राष्ट्रिय मान्यता जोगाउन दुबै टोलीलाई जित अत्यावश्यक छ।

नेपाल, यूएई र ओमान सहभागी त्रिकोणात्मक सिरिज वैशाख २२ गतेसम्म चल्नेछ, जसमा प्रत्येक टोलीले एक–अर्काविरुद्ध दुई–दुई खेल खेल्ने तालिका छ।

अहिलेसम्मका खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको छ भने ओमानसँग १०२ रनले पराजित भएको छ। यूएईले भने पहिलो खेलमा नेपालसँग हार व्यहोरे पनि दोस्रो खेलमा ओमानलाई २५ रनले पराजित गरेको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको