काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रनको योगफल तयार पारेको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट शतक प्रहार गरे। उनले ९४ बलमा १३ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै, विनोद भण्डारीले ५६ रन, गुल्सन झाले ४४ रन, कप्तान रोहित पौडेलले ३९ रन र अर्नुज कुमालले ११ रनको योगदान दिए।

