स्कटल्यान्ड २४३ रनको लक्ष्य

काठमाडौँ । ICC Men’s Cricket World Cup League 2 अन्तर्गत जारी खेलमा Scotland national cricket team ले नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित Tribhuvan University International Cricket Ground मा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २४३ रन बनाएको हो ।

स्कटल्यान्डका लागि जर्ज मुन्सीले आक्रामक ब्याटिङ गर्दै ६२ बलमा १२ चौका र दुई छक्कासहित सर्वाधिक ७५ रन बनाए । फिन्ले म्याकक्रेथले ३५ रन जोड्दा माइकल इङ्लिस ३४ रनमा अविजित रहे । त्यस्तै, माइकल लिस्कले २९ तथा मार्क वाटले २४ रनको योगदान दिएपछि स्कटल्यान्डले सम्मानजनक योगफल तयार पारेको हो ।

नेपालका लागि Sandeep Lamichhane ले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४१ रन खर्चेर चार विकेट लिए । करण केसी र नन्दन यादवले समान दुई–दुई विकेट हात पारे । नेपाल अहिले लक्ष्य पछ्याउने क्रममा जवाफी ब्याटिङ गरिरहेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको