महोत्तरीमा पुरुषोत्तम मासको भव्य मेला सुरु

काठमाडौँ । पुरुषोत्तम मास अर्थात् मलेमासको अवसरमा महोत्तरीका दुई धार्मिक स्थलमा भव्य मेला सुरु भएको छ। लोहारपट्टी नगरपालिकास्थित रातु नदी तथा सोनमा गाउँपालिका–५ स्थित कान्तवाँ नदी क्षेत्रमा आजदेखि जेठ महिनासम्म मेला सञ्चालन हुने भएको हो।

मधेशकै सबैभन्दा लामो समयसम्म चल्ने मेलामध्ये एक मानिने यस मेलाको तयारीमा स्थानीय तहदेखि प्रदेश सरकारसम्म महिनौँदेखि जुटेका थिए।

सोनमा स्थित रामजानकी गेरुका धाम मन्दिरका महन्त श्री बालक दासका अनुसार कन्तावाँ र उतराँहिनी नदीको संगमस्थलमा प्रत्येक मलेमासमा परम्परागत रूपमा गेरुका महाकुम्भ मेला लाग्दै आएको छ। धार्मिक विश्वासअनुसार गेरुका धाममा स्नान गरी भगवान पुरुषोत्तमको पूजा गर्दा अक्षय पुण्य प्राप्त हुने जनविश्वास रहेको छ।

मेलामा नेटुवा नाच, कीर्तन, भजनलगायत सांस्कृतिक कार्यक्रमका साथै विभिन्न खेल, तमासा, पिङ, झुला, सर्कस र व्यापारिक स्टलहरू रहनेछन्। भारतीय सीमासँग नजिक रहेको खैरबनी गेरुका मेला क्षेत्रमा हजारौँ भारतीय श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता शैलेन्द्र भट्टका अनुसार मेलालाई लक्षित गरी कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको