आजदेखि सुरु भयो मलमास, असार १ गतेसम्म रहने

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा पर्ने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो अधिकमास आगामी असार १ गतेसम्म रहनेछ।

ज्योतिषीय गणनाअनुसार वर्षमा सौर र चान्द्र गरी दुई प्रकारका मास रहने भएकाले दुवैबीच समन्वय गर्न निश्चित अवधिमा मलमास पर्ने गर्दछ।

विभिन्न शास्त्रीय ग्रन्थमा एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति नपरेको महिनालाई मलमास वा अधिकमास भनिएको उल्लेख छ। त्यस्तै, चान्द्र महिनाभित्र दुई वटा सङ्क्रान्ति परेमा त्यसलाई क्षयमास भनिन्छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको