अमेरिकाद्वारा स्कटल्याण्ड ६ विकेटले पराजित

काठमाडौँ । कीर्तिपुरमा जारी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले हराउँदै महत्वपूर्ण जीत दर्ता गरेको छ ।

स्कटल्याण्डले प्रस्तुत गरेको १७० रनको लक्ष्य अमेरिकाले २७.१ ओभरमा मात्र चार विकेट गुमाएर भेट्टायो । अमेरिकाका ओपनर स्मित पटेल र शाहन जाहाँगिरले समान ३७ रन बनाउँदा साइतेजा मुक्कामल्लाले ३५ रन थपे ।

यसअघि ब्याटिङ गरेको स्कटल्याण्ड १६९ रनमै अलआउट भएको थियो । मार्क वाटले ६६ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन् । अमेरिकाका रुशिल उगारकरले चार तथा सौरभ नेत्रावलकरले तीन विकेट लिए । अब नेपालले शुक्रबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको