काठमाडौं । एसियन गेम्स महिला छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
मलेसियाको वायुमास ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो।
११४ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्दै महत्वपूर्ण जित दर्ता गर्यो।
यस जितसँगै नेपाल समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

