काठमाडौँ । एसीसी महिला यू–१९ प्रिमियर कप खेल्न मलेसिया जाने नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार बिदाइ गरेको छ।
सोनी पाख्रिनको कप्तानीमा रहेको नेपालले जुलाई ११ देखि १८ सम्म मलेसियामा हुने प्रतियोगितामा सहभागिता जनाउँदैछ।
प्रतियोगितामा समूह ‘ए’मा थाइल्यान्ड, म्यानमार र जापान, समूह ‘बी’मा यूएई, ओमान र भुटान, समूह ‘सी’मा इन्डोनेसिया, मलेसिया र कुवेत तथा समूह ‘डी’मा नेपाल, हङकङ, सिंगापुर र कतार रहेका छन्।
नेपालले जुलाई ११ मा कतारविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यसपछि जुलाई १२ मा सिंगापुर र जुलाई १४ मा हङकङसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
नेपाली टोली: सोनी पाख्रिन (कप्तान), साना प्रविन, अलिसाकुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तृसना विक, कृस्मा गुरुङ, एन्जी पाठक, मनिषा चौधरी, स्नेहा महरा र करुणा विष्ट।

