काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले नामिबियालाई १५८ रनको लक्ष्य दिएको छ।
नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको हाे ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले ३०, गुल्सनकुमार झाले २०, करण केसीले १८, आसिफ शेखले १६ र सोमपाल कामीले १५ रन बनाए ।

