अस्ट्रेलिया जाने नेपाल ‘ए’ टोलीको बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टप एन्ड टी–२० शृंखलाका लागि अस्ट्रेलिया जाने नेपाल ‘ए’ टोलीको बिदाइ गरेको छ ।

आइतबार एक कार्यक्रमका बीच १५ सदस्यीय टाेलीकाे बिदाइ गरिएकाे हाे । बिदाइ समाराेहमा क्यानका उपाध्यक्ष रोशनकुमार सिंह, क्रिकेट निर्देशक विनोद दासलगायतको उपस्थिति थियो ।

टोली सोमबार राति अस्ट्रेलिया प्रस्थान गर्नेछ ।

अस्ट्रेलियाको डार्बिनमा आगामी अगस्ट २१ देखि ३० सम्म हुने प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ ।

पहिलो खेल नेपालले अगस्ट २१ मा एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोली : अनिलकुमार साह (कप्तान), मयन यादव, तृतराज दास, कुशल भुर्तेल, पवन सर्राफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान, शाहब आलम, आकाश चन्द, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री, दीपक डुम्रे ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको