काठमाडौँ । पशुपतिनाथ मन्दिरमा आज ३२५ जना भक्तजनले विशेष पूजा गरेका छन्। भक्तजनले पशुपति क्षेत्र विकास कोषले तोकेको दक्षिणाको रसिद काटेर विशेष पूजा गरेका हुन्।
चन्द्रमासअनुसार श्रावण महिनाको अन्तिम सोमबार भएकाले बिहानैदेखि पशुपतिनाथमा भक्तजनको उल्लेख्य भीड लागेको छ। बोलबम यात्रीहरू बिहान २ बजेदेखि नै दर्शनका लागि लाममा बसेका थिए भने मन्दिरका चारवटै ढोका बिहान ४ बजे खोलिएको थियो।

