टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौँ । टप एन्ड टी२० सिरिजअन्तर्गत नेपालले अस्ट्रेलियाको होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै सिरिजको पहिलो जित हात पारेको छ ।

सोमबार डर्बिनको मरारा क्रिकेट मैदानमा नेपालले दिएको १५५ रनको लक्ष्य पछ्याउने क्रममा हरिकेन्स ११५ रनमै समेटिएको हो।

यसअघि ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १५४ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले ३९ रन बनाए।

त्यस्तै, कप्तान अनिल शाहले २१, मयन यादव ३१, लोकेश बमले २० र तृतराज दासले १० रन बनाए।

सम्बन्धित खवर