एसियन गेम्स क्रिकेट: नेपालले क्वाटरफाइनलमा श्रीलंकासँग खेल्ने

काठमाडौँ । २० औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह ‘ए’ को विजेता बनेर नेपाल अन्तिम आठमा पुगेको हो।

शुक्रबार जापानसँगको समूह चरणको खेल वर्षाका कारण नतिजाविहीन भएपछि नेपाल र जापानले एक–एक अंक बाँडे। त्यससँगै नेपालले दुई खेलबाट तीन अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा स्थान बनाएको हो।

अब नेपालले सेप्टेम्बर २९ (असोज १३) बिहान ५:४५ बजे श्रीलंकासँग क्वाटरफाइनल खेल्नेछ। खेल जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा हुनेछ।

नेपालले यसअघि १९औँ एसियन गेम्सको क्वाटरफाइनलमा भारतसँग प्रतिस्पर्धा गरेको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको