काठमाडौँ । इराकको वासित प्रान्तको राजधानी कुटमा रहेको एक हाइपरमार्केटमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ६१ पुगेको छ।
गृह मन्त्रालयको एक विज्ञप्ति अनुसार बुधबार राति एउटा रेस्टुरेन्ट र हाइपरमार्केट रहेको पाँच तले व्यवसायिक भवनमा ठूलो आगलागी भएको थियो । यो भवन सात दिनअघि मात्रै खुलेको थियो ।
६१ जना पीडितमध्ये धेरैजसोको मृत्यु भारी धुवाँको कारणले निसास्सिएर भएको हो । तीमध्ये १४ जनाको पहिचान नभएका जलेका शवहरू छन् । आगो नियन्त्रणमा ल्याइएको र नागरिक रक्षा टोलीहरूले भवनभित्र फसेका ४५ भन्दा बढी मानिसहरूलाई उद्धार गर्न सफल भएको बताइएको छ ।सिन्ह्वा

July 18, 2025, Jyotishsanchar press

