काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत एशियाली विकास बैंकको ऋण सहयोगमा नेपालकै ठूलो एनिमल पास निर्माण भइरहेको छ ।
भारतबाट जगंली हात्तीहरू आउने रुट पहिचान गरेर ओभरपास निर्माण थालिएको काँकडभिट्टा–लौकही सडक योजना पूर्वी खण्डका इन्जिनियर आश्रय महतले जानकारी दिए । एशियाली मापदण्डको सडक निर्माण थालिएसँगै जंगली जनावरका लागी पनि छुट्टै रुट निर्माण थालिएको हो । बायो डाइभरसिटि अध्ययनअनुसार यो मार्ग हात्तीका लागि उपयुक्त देखिएको छ ।
यहाँ १५ मिटर चौडाइ र ६ दशमलव ५ मिटर उचाइका २ वटा पुल निर्माण भइरहेको छ । पुल निर्माण भएसँगै हात्तीहरूको निगरानी राख्न सूक्ष्म क्यामेरा समेत जडान गरिने इ। महतले जानकारी दिए ।क्त देखिएको छ ।

