दक्षिण कोरियामा भीषण वर्षापछिको बाढी र पहिरोमा ५ जनाको मृत्यु

काठमाडौँ । दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण बाढी र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ ।

अन्य पाँच जना बेपत्ता भएका छन् । ७ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको गृह मन्त्रालयले जनाएको छ ।

दक्षिण ग्योङसाङ प्रान्तको सान्चेओङ काउन्टीमा थप हताहत भएको रिपोर्ट गरिएको छ । जहाँ पहिरोले घरहरू पुरिएपछि एक जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।सिन्ह्वा

1752980782 M5eca

July 20, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको