काठमाडौं । २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र आयोजक बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ।
आजको खेलले विजेताको टुङ्गो लाग्ने छ । खेल बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ । यस प्रतियोगितामा नेपाल र बङ्गलादेश दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । आफ्नो दोस्रो तथा बङ्गलादेशसँगको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो । नेपालले भुटान र श्रीलङ्कालाई भने हराएको थियो ।
यसअघिका पाँच खेलमा बङ्गलादेश अपराजित रहँदै १५ अङ्कका साथ शीर्षस्थानमा छ भने १२ अङ्क भएको नेपाल दोस्रोमा छ ।

July 21, 2025, Jyotishsanchar press

