एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जीत

काठमाडौं । मनाङ मर्स्याङ्दी र श्री भगवती क्लवले एन्फा यु–१६ युथ लिगमा बुधबार जीत निकालेका छन् ।

सादोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मनाङ मर्स्याङ्दीले विभागीय टोली त्रिभुवन आर्मी क्लवमाथि २–० को जित निकाल्यो । मनाङको जितमा प्रकाश सिंहले दुई गोल गरे । यो जीतसँगै सात खेलबाट १४ अंक जोडेको मनाङ पाँचौं स्थानमा उक्लिएको छ । पराजित आर्मी समान खेलबाट तीन अंकका साथ १३औं स्थानमा छ।

पहिलो हाफमा गोल निस्किन सकेन । तर, दोेस्रो हाफमा दुई गोल भए । प्रकाशले ४९औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। आर्मीको डिफेन्स लाइनको गल्तीको फाइदा उठाउँदै मनाङले अग्रता लिएको हो ।

रोहन थापामगरको पासमा प्रकाशले वान टचमार्फत गोल गरेका हुन् । त्यसको पाँच मिनेटपछि नै उनले अग्रता दोब्बर बनाए । मध्य भागबाट कप्तान सौगात मल्लले दिएको थ्रु बललाई नियन्त्रणमा लिँदै उनले उत्कृष्ट गोल गरे । त्यसपछि दुवै तर्फबाट गोल सकेन र मनाङले सहज जीत निकाल्यो । दिनको दोस्रो खेलमा श्री भगवती क्लवले पनि फ्रेन्ड्स क्लबविरुद्ध १–० को कठिन जीत प्राप्त गर्यो । आर्यन भण्डारीको एक मात्र गोल निर्णायक बनेपछि श्री भगवतीले तीन अङ्क प्राप्त गर्यो ।

जीतसँगै आठ खेलमा ९ अंक जोडेको श्री भगवती नवौं स्थानमा छ। फ्रेन्ड्सले समान खेलबाट १६ अंकका साथ तेस्रो स्थानमा छ । एन्फा कम्प्लेक्स मैदानमा भएको खेलको पहिलो हाफमा गोल हुन सकेन । तर दोस्रो हाफमा गोल निस्कियो । आर्यन भण्डारीले ५१औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाए । करिब ३० यार्ड टाढाबाट उनले गरेको उत्कृष्ट ओभर हेड प्रहार फ्रेन्ड्सका गोलकिपर अङ्कित बुढामगरले भेट्टाउनै सकेनन् । त्यसपछि दुवैतर्फबाट गोल भएन र श्री भगवतीले माथिल्लो टोली फ्रेन्ड्समाथि संघर्षपूर्ण जित निकाल्यो ।

1753267985 Ad1ov

July 23, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको