काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार सरकारद्वारा सञ्चालित विद्यालय भवनको भत्किँदा सात बालबालिकाको मृत्यु भएको छ । साथै ३० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
राजस्थानको राजधानी जयपुरबाट लगभग ४१२ किलोमिटर दक्षिणमा रहेको झालावार जिल्लाको मनोहर थाना क्षेत्रको पिपलोदी सरकारी विद्यालयमा विद्यालय भवन भत्किएको हो । घाइतेहरूलाई विभिन्न अस्पतालमा लगिएको छ र केहीलाई झालावारको जिल्ला अस्पतालमा रेफर गरिएको छ ।
घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । प्रहरीका अनुसार विद्यालय शुरु हुँदा एक तल्ले भवनको छाना र पर्खाल भत्किएको थियो । बालबालिकाहरू भित्र पस्न थालेका थिए ।सिन्ह्वा

July 26, 2025, Jyotishsanchar press

