काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
जसको प्रभावले हाल देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना छ।
राति देशभर साधारणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

July 27, 2025, Jyotishsanchar press

