काठमाडौं । जर्मनीको दक्षिण–पश्चिमी क्षेत्रमा एउटा यात्रुवाहक रेल पटरीबाट खसेको छ। प्रहरीका अनुसार दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने धेरै जना गम्भीर घाइते भएका छन्।
रेल सञ्चालक ड्यूश बाहनले अज्ञात कारणले स्टुटगार्ट नजिकैको रुट्लिन्जेनमा रेल दुर्घटनाग्रस्त भएको बताएको छ। स्थानीय अधिकारीहरुले दुर्घटना हुनुभन्दा केही समयअघि उक्त क्षेत्रमा आँधी आएको बताएका छन्।
जर्मन समाचार एजेन्सी डीपीएका अनुसार रेलमा करिब १०० यात्रु थिए। रेलका दुई डिब्बा जंगल क्षेत्रमा पटरीबाट खसेका थिए।
जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जले ट्विटरमा पोस्ट गर्दै दुर्घटनामा मरेकाप्रति शोक व्यक्त गर्दै उनीहरूका परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। उनले आपतकालीन सेवा प्रदान गर्न आवश्यक सबै सहयोगका लागि अनुरोध गरेका छन्।एजेन्सी

July 28, 2025, Jyotishsanchar press

