नेपाली समाजमा खीरको महत्व के छ ?

पं-बालमुकुन्द देवकोटा

काठमाडाैं । मिति २०८२ साल साउन १५ गते बिहीबार यो दिनलाई खीर खाने दिनको रुपमा चिनिन्छ ।

यस महिनामा चामलको, साबूदाना, मखन खीर भगवानमा तुलसी अर्पण गरेर भोग लगाएको खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ।

साउन महिना वर्षा महिना भएकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ ।

खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खाने गरेको पाइन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ । जसका कारण यस्ता रोगहरु नलागोस् तथा रोगको संक्रमण नहोस् भन्नका लागि खीर खाने गरेको पाइन्छ ।

गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकाले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । अहिले शरीरमा पित्त सञ्चित हुने ऋतु भएकाले खीर खान उपयुक्त मानिन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरू खासगरी खीर खाने चलन छ ।

Khir

July 31, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको