ट्रम्पले मेक्सिकोसँगको व्यापार सम्झौताको समय सीमा ९० दिन बढाए

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि लगाइएको ट्यारिफ (कर) बढाउने निर्णयलाई हाललाई स्थगन गर्दै ९० दिनको समय थपेका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत जानकारी दिँदै ट्रम्पले भने, ‘मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शीनबामसँग टेलिफोन वार्ता भयो, जसमा ९० दिनभित्र व्यापार सम्झौता गर्ने सहमति भएको छ।’उनका अनुसार जबसम्म सम्झौता हुँदैन, तबसम्म फेन्टानिलमा २५ प्रतिशत, गाडीमा २५ प्रतिशत र स्टील, एल्युमिनियम तथा तामामा ५० प्रतिशत ट्यारिफ यथावत् रहनेछ।

ट्रम्पले अमेरिका र मेक्सिकोबीचका व्यापारिक समस्या तत्काल समाधान गर्न दुवै पक्ष सहमत भएको जानकारी पनि दिएका छन्। मेक्सिकोकी राष्ट्रपति शीनबामले एक्समार्फत प्रतिक्रिया दिँदै लेखेकी छन्, ‘अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ता सकारात्मक रह्यो।’

Donald Trump Fzwjmstk6f

August 1, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको