काठमाडाैँ । चीनले बिहीबार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट पाकिस्तान रिमोट–सेन्सिङ उपग्रह (पिआरएसएस–१) प्रक्षेपण गरेको छ ।
बिहान १० बजे (बेइजिङ समय) कुआइझोउ–१ए (केजेड–१ ए) वाहक रकेटद्वारा प्रक्षेपण गरिएको पिआरएसएस–१ आफ्नो योजनाबद्ध कक्षमा प्रवेश गरेको छ । उपग्रह मुख्यतया भूमि स्रोत सर्वेक्षण र प्रकोप रोकथाम र न्युनिकरणको क्षेत्रमा प्रयोग गरिनेछ ।सिन्ह्वा

August 1, 2025, Jyotishsanchar press

