बुडोल सामुदायिकद्वारा एसईई सम्मान तथा वृत्तीमार्ग निर्देशन अभिमुखीकरण कार्यक्रम सम्पन्न

बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.अन्तर्गत शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा बनेपा–०६, बुडोलस्थित चेतना केन्द्रको सभा हलमा शनिबार एसईई सम्मान कार्यक्रम तथा वृत्तीमार्ग निर्देशन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा एसईई परीक्षा २०८१ मा सामेल भई उत्तीर्ण हुने संस्थामा आबद्ध २०७ जना कोपिला बाल बचतकर्ता भाइबहिनीहरुलाई बधाई तथा शुभकामना पत्र, मायाको चिनो, फूलमालासहित सम्मान गरिएको थियो । सहभागी विद्यार्थीहरुमध्ये सर्वोत्कृष्ट जि.पि.ए. हासिल गर्ने छात्रातर्फ आयुषा गौतम र छात्रतर्फ विश्वास श्रेष्ठलाई नगद पाँच हजार र सम्मान पत्रसमेत प्रदान गरिएको थियो । कार्यक्रममा इन्स्योरका तर्फबाट प्राविधिकहरु मानकुमार राई, रक्षा आचार्य र इन्दु ज्ञवालीले वृत्तीमार्ग निर्देशनसम्बन्धी अभिमुखीकरण गराउनु भएको थियो ।

संस्थाका शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक गायत्री खड्काको सभापतित्व र संस्थाका अध्यक्ष कैलाश के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षा तथा प्रकाशन उपसमिति सदस्य तारानाथ बजगाईंले गर्नुभएको थियो । शिक्षा तथा प्रकाशन उपसमिति संयोजक खड्काले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक पूर्णबहादुर कार्की, सहकारी अभियन्ता तथा प्रमुख सल्लाहकार रामहरि के.सी., सल्लाहकार भैरव के.सी, पूर्वप्राध्यापक तथा शिक्षाविद् भोलाबहादुर के.सी., लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश के.सी.ले संस्थाको जानकारीसहित शुभकामना मन्तव्य, प्राध्यापक तथा शिक्षाविद् भोलाबहादुर के.सी.ले शिक्षाको महत्वसहित शुभकामना मन्तव्य र उत्कृष्ट अङ्क हासिल गर्ने छात्रा आयुषा गौतमले आफूले पढ्नका लागि अपनाएका विधिहरुसहित शुभकामना मन्तव्य राख्नुभएको थियो ।

See 1

August 2, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको