काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित छ।
हाल देशभर पूर्णतया बदली रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

August 4, 2025, Jyotishsanchar press

