काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस वर्ष नियमिततर्फ परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्। जुन गत वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी हो।
सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै बोर्डले २०८२ साल वैशाखमा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। जस अनुसार, नियमिततर्फ परीक्षा दिएका ३ लाख ९६ हजार ३४७ परीक्षार्थीमध्ये २ लाख ४२ हजार ४६५ जनाले ग्रेड प्राप्त गरेका छन् भने १ लाख ५३ हजार ८८२ जना ‘नन-ग्रेडेड’ (NG) भएका छन्।
त्यस्तै, आंशिकतर्फ परीक्षा दिएका १ लाख १४ हजार ६४० मध्ये ४१ हजार ८४० (३६.४९ प्रतिशत) मात्र उत्तीर्ण भएका छन्।

August 4, 2025, Jyotishsanchar press

