काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा बुधबार भएको खेल १–१ को परिणामसहित टुंगिएको हो।
खेलको १०औं मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । तर, ८ मिनेटपछि भुटानी खेलाडी केल्डिन वाल्मोले नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै बराबरी गोल गरिन्।
दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरे पनि सफल हुन सकेनन्। बराबरीसँगै नेपाल र भुटानले समान १–१ अंक बाँडेका छन्।
यसै समूहको अर्को खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५–० ले हराउँदै शीर्ष स्थानमा रहेको छ। नेपालले अब शुक्रबार साउदी अरेबियासँग र आइतबार उत्तर कोरियासँग खेल्ने तालिका छ।

August 7, 2025, Jyotishsanchar press

