आज आठौँ विश्व संस्कृत दिवस मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । प्रत्येक वर्ष तिथिअनुसार श्रावणी पूर्णिमा (ऋषितर्पणी)को दिनमा मनाइने विश्व संस्कृत दिवसको आठौँ संस्करण नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रमको आयोजना गरी आज मनाउन लागिएको हो ।

आठौँ विश्व संस्कृत दिवसको मूल समारोह नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ काठमाडौँमा आयोजना गरिएको विश्व संस्कृत दिवस कार्यपरिषद् (आयोजक समिति)का संयोजक प्राडा माधवप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

संस्कृत भाषामा निहित ज्ञानसम्पदाबारे विश्व समुदायको ध्यानाकर्षण गरी यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विश्व संस्कृत दिवस मनाइँदै आएको सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीले बताउनुभयो । प्राचीनकालमा शैक्षिक सत्रको प्रारम्भ श्रावण शुक्ल पूर्णिमाकै दिनदेखि सुरु गरिने हुनाले पनि यसै दिनलाई विश्व संस्कृत दिवसका रूपमा मनाउन थालिएको र विश्व संस्कृत दिवसलाई आधिकारिकता प्रदान गर्नका लागि संयुक्त राष्ट्रसङ्घ समक्षसमेत प्रस्ताव लगिने पनि उहाँले जानकारी दिनुभयो ।

Sanskrit Day

August 9, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको