काठमाडौँ । आज कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
भोलि देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशको पहाडी तथा तराई भूभाग लगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

August 16, 2025, Jyotishsanchar press

