काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको जनाएको छ। तथापि, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत परेको छ ।
जसको प्रभावले कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा तथा कर्णाली प्रदेश र मधेस प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा र मधेस प्रदेशको तराईको एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

August 19, 2025, Jyotishsanchar press

