यस्ताे छ अजा एकादशीको धार्मिक महत्व

पं-बालमुकुन्द देबकोटा

काठमाडौँ । मिति २०८२ साल भाद्र ३ गते मंगलबार भाद्रकृष्णपक्ष अजा एकादशी तिथी अपरान्ह ३ / ५५ बजेसम्म र त्यस उप्रान्त द्वादशी तिथि आरम्भ भएकोले अजा नाम्निती विख्याता सर्वपापप्रणाशिनी।”अर्थात् भदौको कृष्णपक्षमा अजा नामले प्रसिद्ध एकादशी पर्दछ । यो एकादशीले व्रत बस्नेको सारा पापहरु नाश पारिदिनु हुन्छ।यो दिन “पूजयित्वा हृषीकेशं व्रतं तस्या :करोतिय ,पापानि तस्य नश्यन्ति व्रतस्य श्रवणादपि। “अर्थात् जुन जनले हृषीकेश भगवानलाई पूजा गरेर त्यस दिन एकादशीको व्रत गर्दछ र व्रतको कथा पनि सुन्दछ भने त्यस व्रत बस्नेको सारा पापहरु नाश हुन्छन्।

यो व्रत राजा हरिश्चन्द्रले कुनै जन्मको संचित पापलेगर्दा राज्यबाट हटेर ,आफ्नु धर्मपत्नी ,छोरो र आफैंलाई पनि बिक्रि गरे ,त्यसपछि चाण्डालको दास भएर मुर्दाहरु पोल्ने र उनीहरुको लुगा फाटाहरु बटुलेर करको रुपमा लिने गर्दथे।तर जस्तै अप्ठ्यारो परिस्थिति आई लागे पनि उनी सत्यबाट विचलित भएनन।कति पटक राजा चिंताको समुद्रमा डुबेर मनमा तर्कना गर्दथे- म कहाँ जाऊँ, के गरौ, जसबाट मेरो उद्धार होस।यसरी राजाका धेरै वर्ष बिते। ।

त्यो पापहरु पखाल्नको निम्ति गौतम ऋषिको आज्ञाले “तस्या :कुरू व्रतं राजन् पापनाशो भविष्यति ,तव भाग्यवशादेषा सप्तमेsन्हि समगता।उपवासपरो भूत्वा रात्रौ जागरणं कुरू ,एवं तस्या व्रते चिर्णे सर्वपापक्षयो भवेत्। “अर्थात् हे राजन् !त्यस अजा एकादशीको व्रत गरत तिम्रो पापको नाश हुनेछ। तिम्रो भाग्यले यो एकादशी आजको सातै दिनमा आइरहेको छ। अहोरात्रै उपवास रहेर रातभरि जाग्राम गर्नु ,यस्ता प्रकारले त्यस व्रत गर्यौभने सारा पाप नाश हुनेछ भनेको हुनाले राजा हरिश्चन्द्रले उहाँले बताए अनुसार यो अजा एकादशीको व्रत गरेको हुनाले उनको यो व्रतको प्रभावले सारा दु:खहरु हटेर गए। त्यसपछि स्वर्गमा बाजा बज्न थाले र पुष्पको वर्षा हुन थाल्यो।उनले आफ्ना मृतक पुत्रलाई जीवित र आफ्नी स्त्रीलाई वस्त्र तथा आभूषणद्वारा सुसज्जित देखे। त्यसपछि पत्नीको साथ भेट भएर ,छोरोलाई समेत फेरि उनले बचाए।व्रतको प्रभावले राजालाई पुन: राज्य प्राप्ति भयो।

अन्त्यमा आफ्नु पुरबासी सवैलाई लिएर वैकुण्ठ गए। त्यसैले यो व्रत हामीहरुले पनि गरेमा आफुले गरेको पूर्वजन्मको र यो जन्मको सारा पापहरु पखालिएर जान्छन। त्यसपछी गुमेको बस्तु समेत फेलापर्ने र यस जन्ममा सुख ,सम्पत्ति प्राप्त गरेर अन्त्यमा भगवानको वैकुण्ठधाम प्राप्त हुन्छ। यो एकादशीको महात्म्य पढ्नाले र सुन्नाले मात्रै पनि अश्वमेध यज्ञ गरेको फल प्राप्त हुनेछ।

Bal Mukunda

August 19, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको