काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जीत दर्ता गरेको छ। डार्विनस्थित काजालिस एरेनामा बुधबार भएको आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको हो ।
१ सय ४० रनको लक्ष्य पछ्याएको मेलबर्नले २० ओभरमा सबै विकेटको क्षतिमा १ सय ६ रन मात्र बनाउन सक्यो । यो नेपालको लगातार दोस्रो जित हो ।
मंगलबार भएको आफ्नो चौथो खेलमा पनि नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै विजयी भएको थियो । तर त्यसअघि भएका तीनवटै खेलमा भने नेपालले पराजय भोगेको थियो ।
नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
बुधबार नेपालको जीतमा तीव्रगतिका बलर सोमपाल कामीले जसरी ह्याट्रिकसहित ५ विकेट झारे, त्यो नै टर्निङ प्वाइन्ट बन्यो ।

August 21, 2025, Jyotishsanchar press

