टप टी-२० सिरिजमा आज पाकिस्तान र नेपाल भिड्दै

काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ।

सिरिज अन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

नेपालले सिरिजका पाँच खेल खेलिसकेको छ। जसमध्ये दुई खेलमा विजयी हुँदा तीन खेल गुमाएको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो।

चौथो र पाँचौं खेलमा भने नेपालले सानदार जित निकालेको छ। चौथो खेलमा मंगलबार होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको नेपाले पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको छ।

Cricket Nepal

August 22, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको