सुदूरपश्चिम प्रदेशको मौलिक गौरा पर्व आजदेखि विधिवतरूपमा प्रारम्भ

कैलाली। सुदूरपश्चिम प्रदेशको मौलिक गौरा पर्व आजदेखि विधिवतरूपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको शुरूआत गर्ने चलन छ। त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ।

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ । गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ ।

पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवतरूपमा शुरू हुने यसका जानकार खगेश्वरी साउदले बताइन् ।

आजैदेखि ठाउँठाउँमा देउडासमेत खेलिने प्रचलन छ । प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गर्ने चलन छ ।

Gaura Parba

August 28, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको