आफ्ना माग सम्बोधन नभए आन्दोलन चर्काउने शिक्षकहरुको चेतावनी

काठमाडाैं । शिक्षकहरुले विद्यालय शिक्षा विधेयकमा आफूहरुको सबै माग सम्बोधन नभए आन्दोलनको कार्यक्रमलाई अझै चर्काउने चेतावनी दिएका छन् ।

बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा धर्ना दिन पुगेका उनीहरुले सो विधेयकमा आफूहरुको महत्वपूर्ण माग सम्बोधन नभए फेरि आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति नेतृत्वको टोलीले विद्यालय शिक्षा विधेयकमा आफूहरुको माग सम्बोधन गर्न दबाब दिँदै प्रमुख दलका मुख्यालयमा धर्ना दिइरहेका छन् ।

विद्यालय शिक्षक, कर्मचारीहरुको बाँकी माग पनि सम्बोधन गराउनका लागि आफूहरुले दबाबस्वरुप दलको केन्द्रिय कार्यालयमा धर्ना दिने काम शुरु गर्नुपरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनु भयो । उहाँले आफूहरुको सो माग सम्बोधन नभई सो ऐन संघीय संसदबाट पारित भए आन्दोलनलाई थप कडाईका साथ अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिनुभयो ।

Laxmi Kisor

August 28, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको