आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१० देखि आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

आणविक हातहतियारले निम्त्याउने विनाश, त्यसविरुद्धका विविध गतिविधि, सम्मेलन, सञ्चारमाध्यमबाट विभिन्न चेतनामूलक सामग्रीको प्रचारप्रसार गरेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा मनाउने गरिन्छ ।

दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिया गुटरेसले आज सङ्क्षिप्त सन्देश दिँदै आणविक परीक्षणको ८० औँ वार्षिकोत्सव मनाइरहँदा विगतमा गरिएका दुई हजारभन्दा बढी आणविक हतियारको परीक्षणलाई बिर्सन नहुने र अब त्यस्ता गतिविधि नदोहोर्याउने प्रण गर्नुपर्नेमा जोड दिनु भएकाे छ ।

Missile Test

August 29, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको