साफ यू–१७ महिला च्याम्पियनसिपः आज भारत र नेपाल भिड्दै

काठमाडौँ। साफ यू– १७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल भारतसँग भिड्दै छ। खेल नेपाली समयअनुसार आज साँझ ६ः०० बजे सुरु हुनेछ।

डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत अङ्क १२ का साथ पहिलो स्थानमा छ । तीन अङ्कका साथ नेपाल भने तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ ।

नौ अङ्कका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् । खेल तालिकाअनुसार भदौ १५ गते नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने छ । उपाधि जित्ने होडबाट भने नेपाल बाहिरिसकेको छ।

Saff Nepal Women

August 29, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको