साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपको उपाधि भारतले जित्याे

काठमाडाैं । भुटानमा चलिरहेको साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । थिम्पुमा शुक्रबार बेलुका भएको खेलमा नेपाल भारतसँग ५ गोलले पराजित भएसँगै भारतले उपाधिमा ह्याट्रिकसमेत गरेकाे छ ।

प्रतियोगितामा अपराजित रहेको भारतको पाँच खेलमा १५ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान पाँच खेलमा १० अङ्क छ ।

अब अन्तिम खेलमा भारत र बङ्गलादेश तथा नेपाल र भुटान खेल्नेछन् । नेपालको पाँच खेलमा तीन अङ्क र समान खेलमा भुटानको एक अङ्क छ ।

भारतले यसअघि सन् २०१८ र २०१९ मा साफ १६ वर्षमुनीको महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

Saff Nepal Women

August 30, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको