‘जाली रुमाल फूलबुट्टे‘ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । नेपाली सुगम संगित एवं पार्श्व गायनका सदाबहार गायक आनन्द कार्की र ममता गुरुङको युगल स्वरमा रहेकाे ‘जाली रुमाल फूलबुट्टे ‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपाली गीतसंगित र चलचित्रको विकास र प्रबर्द्धनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले निर्माण गरेको गीतमा सुष्मा सिग्देलको शब्द रचना र अनिल शाहीको संगीत रहेको छ। गीतलाई अनिल शाहीले नै एरेन्ज गरेका हुन् ।

आनन्द कार्की, ममता गुरुङ र सरोज प्रजाको अभिनय रहेको भिडियोमा सागर बस्नेतको सिनेमाटोग्राफी, प्रमोद के भण्डारीको कोरियोग्राफी र विकास दाहालको सम्पादन रहेको छ। युवा निर्देशक युवराज वाइबाले भिडियोको निर्देशन गरेका हुन् ।

‘जाली रुमाल फूलबुट्टे ‘ को भिडियोलाई ‘हाइटेक इन्टरटेन्टमेन्ट’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। भिडियो सार्वजनिक भएको केही घण्टामै दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । पुरानो चलचित्र भीष्म प्रतिज्ञाको सुपर हिट गीत “ओ मेरी प्रियेशी” का संगितकार एवं गिटारिस्ट अनिल शाहीले संगित भरेका धेरै गीतहरु दर्शकको रोजाईमा परेका छन् । हेराैं भिडियाेः

1

September 2, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको