काठमाडौं । नेपाल आइडल सिजन-६ की विजेता बन्न सफल भएसFगै गंगा सोनामको पहिलो रेकर्ड गीत सार्वजनिक भएको छ।
उनको एकल स्वरमा बिहीबार सार्वजनिक ‘गुनासो’ बोलको गीतमा अभिनेता राज कटुवाल र सनिशा भट्टराईको अभिनय छ।
गीतकार प्रदीप चापागाईंको प्रस्तुति रहेको गीतमा उनकै शब्द र लेखु सहयात्रीको संगीत रहेको छ । गीतको म्युजिक भिडियोलाई निकेश खडकाले निर्देशन गरेका हुन् ।
उत्सव दाहालको सिनेमाटोग्राफी र विकास धमलाकाे सम्पादन रहेको भिडियोलाई गीतकार प्रदीप चापागाईंको अफिसियल युट्युब च्यानल ( OfficialPradeepChapagain) बाट सार्वजनिक गरिएको हो ।
भिडियाेः

September 5, 2025, Jyotishsanchar press

