काठमाडौँ । एएफसी यु–२३ एसियन कप छनोटबाट नेपाल बाहिरिएको छ। ताजकिस्तानमा जारी छनोटको समूह ‘के’ मा लगातार दोस्रो हारसँगै नेपालको छनोट सम्भावना सकिएको हो ।
शनिबार राति भएको खेलमा सिरियासँग नेपाल ४–२ गोल अन्तरले पराजित भयो । सिरियालाई जिताउन मोहम्मद अलमुस्ताफा, अली अलरिना, महमुद अलस्वद र महमुद नयिफले गोल गर्नुभएको थियो ।
नेपालका लागि निराजन धामी र सुमित श्रेष्ठले गोल गर्नुभयो । नेपाल समूहको पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४–० गोलले पराजित भएको थियो । नेपालले समूहको अन्तिम खेल मङ्गलबार फिलिपिन्ससँग खेल्नेछ।

September 7, 2025, Jyotishsanchar press

