चेपाङ समुदायले सामूहिकरुपमा न्वाङ्गी पर्व मनाए

चितवन । चितवनका चेपाङ समुदायले सामूहिकरुपमा न्वाङ्गी (छोनाम) पर्व मनाएका छन्।

यहाँको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आइतबार देशभरका चेपाङ भेला भएर सामूहिकरूपमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी न्वाङ्गी मनाएका हुन्।

उनीहरुले बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा न्वाङ्गी पर्व मनाएका हुन् । मन्त्री श्रेष्ठले ढ्याङ्ग्रो ठोकेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा उनले चेपाङ जातिको उत्थान र संस्कृतिको संरक्षणका लागि बागमती प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले न्वाङ्गी पर्व चेपाङ समुदायको संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण रहने बताए । सो अवसरमा चेपाङ झाँक्री (पान्दे)लगायत चेपाङ समुदायको संस्कृतिमा आधारित सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।

Nwangi Parba

September 8, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको