आन्दाेलनका कारण त्रिभुवन विश्वविद्यालयका परीक्षा स्थगित

काठमाडौँ । देशमा उत्पन्न राजनीतिक घटनासँगै त्रिभुवन विश्वविद्यालयले भदौ २४, २५ र २६ का लागि तय गरिएका स्नातक तहका परीक्षा स्थगित गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार भदाै २२ गतेदेखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षामध्ये उक्त दिन बिहान ७ देखि १० बजेसम्म र दिउँसो १२ देखि ३ बजेसम्म सञ्चालन हुने परीक्षा स्थगित भएको हो।

देशमा उत्पन्न आकस्मिक असहज परिस्थिती भन्दै त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबारको बैठकले बाँकी परीक्षा स्थगित गरेको हो। स्थगित परीक्षाहरु असोज २, ४ र ५ गते सोही समय र सोही परीक्षा केन्द्रमा सञ्चालन हुने त्रिविले जनाएको छ।

Tu University 1

September 8, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको