नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको हिंसा हृदयविदारक भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै मोदीले धेरै नेपाली युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा आफ्नो मन अत्यन्तै विचलित भएको बताएका छन् ।
नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै सबै नेपालीलाई शान्ति–व्यवस्था कायम राख्न उनले विनम्रतापूर्वक अपिल गरेका छन् ।

September 10, 2025, Jyotishsanchar press

