काठमाडौँ । लाेकप्रिय गायक सत्यराज आचार्यकाे स्वरमा रहेकाे नयाँ गीत ‘याे दुःखकाे तस्बीर हाे’ बजारमा आएकाे छ ।
प्रसाद लामिछानेकाे शब्द रहेकाे गीतमा निशान चाैधरीले संगीत दिएका छन् । गीतकाे एरेन्ज कमल साैराग, स्टुडियाे मारुनी डिजिटल, मिस्सिङ, कुमार राना, रेकडिस्क खुमन र सुमन रानाकाे रहेकाे छ ।
बाद्यबादनतर्फ सारंगी हेमन्त रसाइली, बाँसुरीमा रत्न बिक, गितार सन्जिब बराइली र रिदम भुवन गन्दर्भकाे रहेकाे छ ।
छायांकन सराेज ढकाल र सुबध पाैडेलकाे रहेकाे गीतकाे सम्पादन र निर्देशन साजन पराजुलीले गरेका हुन् । गीतमा आमाकाे महत्वलाई झल्काइएकाे छ । गीतकाे भिडियाे यस्ताे छः
September 15, 2025, Jyotishsanchar press

